arrow

सेलिङ प्रेसर थाम्न नसक्दा

कुर्सीमा बस्न नपाउँदै अर्थमन्त्री पौडेललाई शेयर बजारले देखायो रातो झण्डा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
nepse-bishnu-poudel-81-3-31.jpg

काठमाडौँ । अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल नियुक्त भएको दिन शेयर बजार परिसूचक (नेप्से) ले रातो झण्डा देखाएको छ । सोमबार शेयर बजार परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको हो ।

नेप्से १७ अंकले घटेर २ हजार २ सय ४० अंकले घटेको छ । आज बजारमा ८ अर्ब ८३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो । 

दुई साताअघि सरकार परिवर्तन निश्चित भएसँगै अर्थमन्त्रीमा पौडेल आउने हल्लाले बजार बढ्न थालेको थियो । आइतबारसम्म बजार परिसूचक झण्डै २२० अंकले बढिसकेको थियो । तर नियुक्तिको दिन भने सेलिङ प्रेसर थाम्न नसक्दा बजार घटेको हो । 

दुई सातादेखि बजार बढेको अवस्थामा प्रोफिट बुक गर्न लगानीकर्ताहरुले अत्यधिक सप्लाई बढाएका थिए । बजारमा सोही कारण सोमबार गिरावट आएको हो । 

सोमबार बजारमा १८४ कम्पनीको मूल्य घट्दा ५६ कम्पनीको शेयरमूल्य मात्रै बढेको छ । बजारमा सिभिल बैंकको डिबेञ्चर, माण्ड हाइड्रोपावर र दुईवटा म्युचुअल फण्डका इकाइहरुमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै जानकी फाइनान्समा नकारात्मक सर्किट लागेको छ ।
 



नयाँ