arrow

सत्ताइस वर्षपछि मुगुबाट मन्त्रिपरिषदमा ऐनबहादुर शाही, यस्तो छ पृष्ठभूमि

logo
नृपेन्द्रबहादुर मल्ल, 
प्रकाशित २०८१ असार ३१ सोमबार
ain-bahadur-shahi-81-3-31.jpg

मुगु । दुर्गम हिमाली जिल्ला मुगुले २७ वर्षपछि नेपाली कांग्रेसबाट संघीय सरकारमा प्रतिनिधित्व गर्न पाएको छ । नेपाली कांग्रेस नेतृत्वको २०४८ सालमा गठित मन्त्रिपरिषद् मुगु जिल्लाका तत्कालीन प्रतिनिधि सभा सदस्य हस्तबहादुर मल्ल शिक्षा सहायक मन्त्री भएका थिए भने २०५२ सालपछि शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा उनै मल्ल शिक्षा राज्यमन्त्री भएका थिए । उनी २०५३ सालसम्म उक्त मन्त्रिमण्डलमा रहे । 
 
२०५३ सालयता देशमा कति सरकार बने ढले । तर मुगु जिल्लाले कहिल्यै संघीय मन्त्रिपरिषदमा अवसर पाएन । नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको नयाँ  गठित सरकारमा मुगु जिल्लाबाट प्रतिनिधि सभा सदस्य  ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बनेका छन् ।
 
प्रधानमन्त्री केपी शर्मा नेतृत्वको नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एकल व्यक्तिसमेत हुन् । 

यस्तो छ शाहीको राजनीतिक पृष्ठभूमि:
मन्त्री ऐनबहादुर शाही मुगुमा निकै लोकप्रिय, मदुभाषी,शालीन नेताको  रुपमा चिनिन्छन् । आम नागरिकसँगै पार्टीभित्र र अन्य पार्टीका कार्यकर्तासँग पनि शाहीको सम्बन्ध राम्रो छ । मुगुवासीले रुचाएका नेता शाहीबाट मुगुले विकासकोसमेत अपेक्षा गरेको छ ।

शाही हाल मुगुबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुन् भने बहालवाला नेपाली कांग्रेस मुगु जिल्ला पार्टी  सभापति पनि हुन् । २०२६ साल फागुनमा मुगुको सोरु गाउँपालिका २ जडेपानी गाउँमा जन्मेका शाही २०४४–०४५ सालताका  नेपाल विद्यार्थी संघबाट संक्रिय राजनीतिमा होमिएका थिए । 

२०४८-०५१ र २०५२-०५३ सालमा शाही तत्कालीन शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको स्वकीय सचिव भएर काम गरेका शाही बहुदलीय व्यवस्थापछि कांग्रेस जिल्ला पार्टी सदस्य हुँदै २०६८ सालमा मुगु लिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

२०७० मा पहिलो पटक संविधान सभा सदस्यको उम्मेदवार बनेका शाही झिनो मतान्तरले एमालेका मोहन बानियाँसँग पराजित हुन पुगेका थिए । शाही फेरि दोस्रो पटक २०७८ मा कांग्रेस मुगु सभापति बनेका थिए भने २०७९ को आम निर्वाचनमा दोस्रो पटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए । 

यो बेला निकटतम  प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार राजबहादुर कार्कीलाई पराजित गर्दै ठूलो मतान्तरले विजयी भएका थिए । झण्डै चार हजार बढीको मन्तान्तरले पहिलो पटक शाही संसदीय अभ्यासमा प्रवेश गर्न सफल भए ।

शाहीले स्नातक तह उत्तीर्ण गरेका छन् । भद्र र शालीन नेताका रुपमा परिचित शाहीले समग्र कर्णालीसहित मुगु जिल्लाको विकासमा ठूलो योगदान गर्ने  यहाँका जनताले विश्वास लिएका छन् । माओवादीहरुले घर नै लुटेपछि परिवारै विस्तापित भएको थियो । 

माओवादीले कांग्रेस भएको भन्दै २०५८ साल माघ १७ गते शाहीका ३ बुबाहरुका सबै घर,सम्पत्ति लुटेर लग्दा पूरै ८० जनाको परिवार विस्थापित भएका थिए । 

शान्ति प्रकृयामा माओवादी नआउँदासम्म शाहीका सबै परिवार कोही सदरमुकाम गमगढी,कोही काठमाडौँ त कोही नेपालगन्जमा कष्टकर जीवन बिताएका थिए । 

घरको खरानीसमेत नराखी माओवादिहरुले सबै सम्पत्ति लुटेको थियो । शान्ति प्रकृया शुरु भएपछि शाहीको परिवार विस्तारै लयमा आउँदै गरेको बेला केपी शर्मा ओली नेतृत्वको नवगठित मन्त्री परिषदमा ऎनबहादुर शाही वन तथा वातावरण मन्त्री भएपछि कांग्रेसले न्याय गरेको स्थानीयले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ