arrow

नयाँ सरकारले शपथ लिइरहँदा सुनको मूल्य अहिलेसम्मकै उच्च 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
gold-silver-higest-price.jpg

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन तोलाको २ सयले बढेर एक लाख ४६ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो । 

यसअघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार ७ सय रहेको थियो । 

त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ४६ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ बढेर तोलाको १८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नयाँ सरकार गठन हुँदा सोही दिन भने सुनको भाउले आकाश छोएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ