अहिलेसम्मकै उच्चविन्दुमा पुग्यो सुन, तोलाको एक लाख ४७ हजार आठ सयमा कारोबार
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १ मंगलबार
1k
Shares
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलाको ९ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो ।
यसअघि सोमबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार ९ सय रहेको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ घटेर तोलाको १८७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।