arrow

अहिलेसम्मकै उच्चविन्दुमा पुग्यो सुन, तोलाको एक लाख ४७ हजार आठ सयमा कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १ मंगलबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलाको ९ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो । 

यसअघि सोमबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार ९ सय रहेको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ घटेर तोलाको १८७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ