arrow

एकैदिन ७० अंकले बढ्यो नेप्से 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १ मंगलबार
Nepse-Up-bull.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेप्सेमा आज हरियाली छाएको छ । आज एकैदिन नेप्से ७०।१८ अंकले बढेर २३१०.५९ अङ्कमा रोकिएको हो ।

नयाँ अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेको दिन सोमबार घटेको नेप्सेले मंगलबार भने ठूलो अंकले बढेको छ ।

आज ३१५ कम्पनीको दुई करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर एक लाख १९ हजार ११ पटक खरिदबिक्री हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ बराबरको कारोबार भएको छ।

आज सिन्धु विकास बैंक, बरुण हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, अन्खु खोला जलविद्युत र मन्दाकिनी हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको थियो । आज कारोबार भएका सबै कम्पनिको शेयर मूल्य बढेको नेप्सेले जनाएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनगाडी ग्रुपको २१ करोड ७७ लाख बराबरको कारोबार भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ