arrow

नक्कली डीएसपीलाई पक्रे सक्कलीले

logo
सौरभ गिरी, 
प्रकाशित २०८१ साउन २ बुधबार
duplicate-dsp-81-4-1.jpg

नेपालगन्ज । नक्कली डीएसपी बनेर ठगी गर्दै हिड्ने एक युवक सक्कली डीएसपीको फन्दामा परेका छन् । नेपाल प्रहरीको डीएसपी भएको भन्दै ठगी गर्दै हिँडेका दैलेखका एक युवकलाई इलाका प्रहरी कोहलपुरले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी बाँकेले दैलेख नारायण नगरपालिका ५ घर भएर बाँके बस्दै आएका ३० वर्षीय नैनसिंह विकले विगत ३ महिनादेखि आफूलाई कहिले सीआईबी र राष्ट्रिय अनुसन्धानको डीएसपी भन्दै विभिन्न सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ गरेको  जनाएको छ । 

नैनसिंहले बाँकेका विभिन्न सरकारी कार्यालयमा गएर आफू डीएसपी नवीन शाही रहेको बताउँदै अनुगमनको शिलशिलामा काठमाडौँबाट आएको भन्दै सरकारी कार्यालय प्रमुख र अन्य कर्मचारीलाई भेट्ने र सर्वसाधारण जनतालाई ठग्दै हिँडेको जानकारी पाए लगत्तै गएको इलाका प्रहरी कोहलपुरका डीएसपी धर्मराज भण्डारीको टोलीले कथित डीएसपीलाई मंगलबार पक्राउ गरेको हो ।

कोहलपुर ११ एनटिभी रोडबाट पक्राउ परेका नक्कली डीएसपी नैनसिंहले अन्य स्थानहरुमा पनि आफू डीएसपी भएको भन्दै ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कोहलपुरले जानकारी दिएको छ।

पक्राउ परेका उनीसँँग थप अनुसन्धान गरिरहेको जनाउँदै कोहलपुर प्रहरीले उनीबाट ठगी भएकाले निवेदन दिन अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ