arrow

दिनानुदिन उच्च मूल्यको रेकर्ड बनाउँदै सुन, तोलाको एक लाख ४९ हजार आठ सय 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २ बुधबार
gold-silver-final-2080.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । बुधबार सुन तोलाको २ हजारले बढेर एक लाख ४९ हजार आठ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो ।

पछिल्ला केही दिनदेखि हरेक दिन नयाँ कीर्तिमान बन्दै गएको छ । मंगलबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो ।  त्यस्तै बुधबार तेजावी सुन प्रतितोला १ लाख ४९ हजार एक सयमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २० रुपियाँ बढेर तोलाको १८९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ