arrow

बर्तौला सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २ बुधबार
mahesh-bartaula-81-3-23.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सत्तारुढ दलको मुख्य सचेतकमा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधवार मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् ।

नेकपा एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा साउन २ गतेबाट लागू हुनेगरी मनोनयन गरिएको बताइएको छ ।

मुख्य सचेतकले सत्तारुढ दलका प्रमुख सचेतकको समेत नेतृत्व गर्ने व्यवस्था छ । बर्तौलाले यसअघि एमालेको सचेतक र प्रमुख सचेतकको जिम्मेवारी निभाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ