arrow

मौद्रिक नीति बजेटको परिपूरकको रूपमा आउनुपर्छ- स्वर्णिम वाग्ले [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३ बिहिबार
swarnim-wagle-04-04.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति बजेटको परिपूरकको रूपमा आउनुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार आयोजना गरेको नीति मन्थन कार्यक्रममा बोल्दै उपसभापति वाग्ले  सरकारले ल्याएको बजेटले मध्यकालिक प्राथमिकता स्पष्ट बनाएकाले अर्थतन्त्रको शिथिलता चिर्न मौद्रिक नीति बजेटको परिपूरकको रूपमा आउनुपर्ने बताए । 

डा.वाग्ले मौद्रिक नीतिलाई वित्त नीति सरह महत्त्व दिन जरुरी रहेको बताए । उनले अहिले मुलुकको अर्थतन्त्र शिथिल र सुस्त रहेको भन्दै अर्थतन्त्रमा देखिएको शिथिलता उपभोक्ताको माग र पुँजी लगानीमा सङ्कुचन आएको बताए । उनले मुलुकमा आयात,निर्यात र व्यापार घाटा पनि घटेको बताए । उनले आयात र निर्यात घट्दा सरकारको राजश्व आम्दानीमा असर परेको बताए । उनले १४ खर्ब २२ अर्ब राजश्व उठाउने सरकारको लक्ष्यमा असार मसान्तसम्म करिब १० खर्ब मात्रै राजश्व सङ्कलन भएको बताए । उनले  वित्त नीतिले केही सकारात्मक दिशाहरू औँल्याएको पनि बजेटले अर्थतन्त्रको शिथिलता चिर्न नसकेको बताए । 

उनले भने,‘मौद्रिक नीतिलाई वित्त नीति सरह महत्त्व दिन जरुरी छ । अहिले मुलुकको अर्थतन्त्र शिथिल र सुस्त छ । उपभोक्ताको माग खस्केको छ । पुँजी लगानी पनि खस्केको छ । मुलुकमा आयात निर्यात पनि घटेको छ । व्यापार घाटा पनि घटेको छ । तर सरकारको राजश्व आम्दानीमा प्रहार गरेको छ । १४ खर्ब २२ अर्ब राजश्व उठाउने सरकारको लक्ष्यमा असार मसान्तसम्म करिब १० खर्ब मात्रै राजश्व सङ्कलन भएको छ । मुलुकको राजश्वको बेस आयात हो । समग्र अर्थतन्त्र सुस्त भएको बेलामा आयात कम भएको बेलामा कर पनि कम उठेको छ । वित्त नीतिले केही सकारात्मक दिशाहरू औँल्याएको छ । मध्यमकालिन प्राथमिकतालाई बजेटले स्पष्ट बनाएको छ । तर बजेटले वर्तमान अर्थतन्त्र शिथिलता चिर्न सकेन । अर्थतन्त्रको कुल मागलाई उकास्नको लागि तत्काल गर्नुपर्ने काम बजेटले नगरेको गुनासो छ । मौद्रिक नीति बजेटको परिपूरकको रूपमा आउनुपर्छ । वित्त नीतिले गर्न नसकेका विषयमा मौद्रिक नीति परिपूरकको रूपमा ल्याएर अर्थतन्त्रको शिथिलतालाई चिर्न सक्छ । कर्जा,ब्याजदर,ऋणीहरूको ब्यालेन्ससिटलाई सहज बनाउनुपर्छ । कर्जालाई मौद्रिक नीतिमार्फत उत्पादनमुखी क्षेत्रमा वृद्धि गर्नु आवश्यक छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ