arrow

आकासिएको सुनको भाउमा केही राहत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलाको २ हजारले घटेर एक लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बिहीबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ५ सय रहेको थियो ।  त्यस्तै शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ८ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ३० रुपैयाँ घटेर तोलाको १८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ