arrow

पेरिस ओलम्पिकमा जाने टिमलाई राष्ट्रपतिको शुभकामना, परिषद्को ३२ लाख बेरुजु राखेका घिसिङ सेभ द मिसन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
paris-olympic-nepal-rastrap.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेका नेपाली खेलाडीहरूलाई सफलताको शुभकामना दिएका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीहरुलाई शुभकामनासहित बिदाइ गरेका हुन् । 

सो अवसरमा राष्ट्रपति पौडेलले खेल राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताउँदै उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे । 

उनले गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाडीहरूले देशको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गरे । उनले दृढ संकल्प र अठोटका साथ ओलम्पिकमा सहभागी हुन खेलाडीहरूलाई सुझाव दिए । 

सोही कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको ‘सेभ द मिसन’ रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए । 

खेलाडी बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसहित ३३ औं गृष्मकालीन पेरिस ओलम्पिकमा नेपालबाट प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियलहरूको सहभागिता थियो ।

सदस्यसचिव घिसिङ सेभ द मिसन भएर जाँदै गर्दा राष्ट्रिय खेलकुद परिषदको बेरुजु ३२ लाख १६ हजार ४६८ रुपैयाँ देखिएको छ ।

पेरिस ओलम्पिकमा नेपालबाट को को सहभागी हुँदैछन् ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ