arrow

बस र ट्याङकर ठोक्किँदा १२ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
accident-final.jpg

धनकुटा । धनकुटा नगरपालिका १ सुकेपोखरीमा बस र ट्याङ्कर ठोक्किँदा १२ जना घाइते भएका छन् । धनकुटाबाट हिलेतर्फ जाँदै गरेको बा २ ख ७२५४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको को १ च १५३१ नम्बरको ट्याङ्कर आपसमा ठोक्किएका हुन् ।

घाइतेहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइ सकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

 घाइते सबैको अवस्था समान्य रहेको प्रहरीको भनाइ छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ