arrow

वीपी स्मृति दिवसमा कांग्रेसको वृक्षरोपण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ५ शनिबार
congress-pokhara-5.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङस्थित चिल्ड्रेन पार्क (शिवालय पार्क) मा वृक्षरोपण गरिएको छ ।

नेपाली कांग्रेस वडा कार्यसमिति पोखरा-५ ले महामहानव वीपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसर पारेर वृक्षरोपण गरेको हो ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य जीवन बास्तोलाले पार्टीका युवा नेता एवं कार्यक्रमका सहजकर्ता रमेश श्रेष्ठलाई विरुवा हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।

सो अवसरमा विभिन्न प्रजातिका फल र फूलका १०० वटा विरुवा रोपिएको पार्टी सभापति प्रकाश कोइरालाले जानकारी दिए ।

सो अवसरमा कृषिविज्ञ वीरेन्द्रबहादुर हमालले विरुवा रोप्ने तरिकाबारे जानकारी गराएका थिए ।

पार्क व्यवस्थापन समिति अध्यक्ष शिवप्रसाद पराजुली र कांग्रेस शिवालय टोल सभापति शुभद्रा कोइरालाले वृक्षरोपण कार्यक्रमको समन्वय गरेका थिए ।

कांग्रेसले रचनात्मक र स्वागतयोग्य कार्यक्रम गरेको भन्दै सहभागीले खुशी व्यक्त गरेका थिए । उनीहरुले रोपेका विरुवा संरक्षणमा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सीताराम दाहाल, प्रगत कायस्थ र डिभिजन वन कार्यालयले विरुवा र मल सहयोग गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ