arrow

प्रधानमन्त्रीलाई विश्वासको मत दिन अनिवार्य उपस्थित हुन एमालेको ह्वीप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ५ शनिबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्वीप जारी गरेको छ ।

आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएकोले एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको हो ।

प्रधानमन्त्री ओलीलाई संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले विश्वासको मत दिने भएकोले बहुमत जुटाउन समस्या रहेको छैन । कांग्रेस–एमाले विश्वासको मतमा दुई तिहाइ समर्थन जुटाउने कसरतमा लागिरहेका छन् ।

त्यस्तै प्रधानमन्त्री ओलीलाई तीन विपक्ष दल माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीले भने विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

उता राप्रपाले भने संविधान संशोधनको सर्त पालना हुने भए विश्वासको मत दिने भनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ