arrow

दोलखाको भीमेश्वर मन्दिरको शिलामा पसिना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ५ शनिबार
dholakha-bhimeshwor-mandir-81-4-5.jpg

दोलखा । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भीमसेनको मूर्तिमा शनिबार दिउँसो १ः४७ बजेदेखि पसिना आएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिएका छन् । 

उनका अनुसार शनिबार दिउँसो ३ः५१ बजेसम्म शिलामा पसिना आएको थियो । मूर्तिको बायाँ भागमा पसिना आएको उनले बताएका छन् ।

पसिना आएपछि अनिष्ट हुने भन्दै मन्दिरमा बाजागाजासहित पूजाआराधना गरिएको छ । भीमसेनको शिलामा पसिना आएपछि मुलुक र जनतामा अनिष्ट हुने मान्यता रहेको छ ।

शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई प्रदान गरिन्छ भने शिलाको पसिना पुछिएको कपास राष्ट्रपतिको कार्यालयमा पठाउने प्रचलन रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ