arrow

कपिलेश्वरनाथ महादेवमा एक महिने बोलबम साउने मेलाको कलश यात्रा सम्पन्न 

logo
निरञ्जन साह,
प्रकाशित २०८१ साउन ५ शनिबार
kalash-yatra-81-4-5.jpg

धनुषा । जनकपुरधाम उपमहानगरपालिका वडा नं १६ कपिलेश्वरस्थित त्रेताकालीन देवाधिदेव महादेव राजर्षी जनकको आराध्य देव बाबा कपिलेश्वरनाथ  महादेव स्थानमा लाग्ने एक महिने बोलबम साउने मेला महोत्सवको सुखद् अवसरमा भव्य कलश यात्रा सम्पन्न भएको छ ।

शनिबार कपिलेश्वरनाथ युवा कमिटीद्वारा आयोजित उक्त विशाल धार्मिक अनुष्ठानरूपी शान्ति कलश यात्रा बाबा कपिलेश्वरनाथ महादेव स्थानबाट झाँकी  एवं बाजागाजा सहित हजारौँको सहभागितामा शुभारम्भ भई देवभूमि कपिलेश्वरको विधिवत परिक्रमा गरी गङ्गा सागरमा जल भरेर  जनकपुरधामको सबै भागको  शुभ यात्रा गरी पुनः बाबा कपिलेश्वरनाथ स्थानमा पुगी धार्मिक सभामा परिणत भएको थियो।

सो सभालाई नेकपा एमालेका केन्द्रीय सचिव एवं  मन्त्री रघुवीर महासेठले सम्बोधन गर्दै धार्मिक धरोहर, पुरातात्विक महत्वको, अलौकिक तथा कलात्मक  मूर्तिहरू विराजमान यस पर्यटकीय स्थलको संरक्षण र सम्बर्द्धन गर्न गराउन सरोकारवाला निकायहरुलाई विशेष आग्रह गरे।

उहिले यसको भौतिक पूर्वाधार निर्माणका लागि डीपीआर तयार गरी पठाउन कमिटीलाई आग्रहसमेत गरे । सो अवसरमा मधेस प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुरले  निवर्तमान उप प्रधानमन्त्री महासेठले आ व २०८१–०८२ को लागि धनुषामा विनियोजित गराएको ७७ वटै जिल्लाभन्दा सर्वाधिक बजेटलाई सदुपयोग गर्न गराउन सरोकारवाला निकायहरुलाई विशेष आग्रह गरे।

त्यस्तै मधेस सरकारका न्यायाधिवक्ता सुरेन्द्र महतो, क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख सुखदेव यादव, औरही गाउँपालिका प्रमुख उमाशंकरप्रसाद साह, निवर्तमान नगर प्रमुख लालकिशोर साह, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठ,उपाध्यक्ष अम्भुप्रसाद साह, कांग्रेस नेता रामप्रसाद पजियार, जनकपुरधाम  उप महानगरपालिका वडा नं १६ का वडाध्यक्ष रामचन्द्र पजियार, पूर्व अध्यक्ष राम आशिष पजियार, विक्रम पजियार,नेकपा एमालेका नेता शिवशंकर साह हीरा, युवा कमिटीका अध्यक्ष मनोजकुमार साह, पूर्व अध्यक्ष सुधीर पजियार, नेकपा एमालेका जनकपुरधाम उपमहानगरपालिका नगर अध्यक्ष सुरेन्द्र भण्डारी लगायतको विशेष उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ