arrow

सुनको मूल्य १३ सयले घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । सुनको मूल्य आज प्रतितोला रु एक हजार तीन सयले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४६ हजार दुई सय निर्धारण भएको हो । 

त्यस्तै शुक्रबार प्रतितोला रु एक लाख ४६ हजार आठ सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख ४५ हजार पाँच सय निर्धारण भएको छ । 

चाँदीको मूल्य भने आज प्रतितोला रु २० ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ३० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार आठ सय १० निर्धारण भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ