- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । स्याङ्जामा करेन्ट लागेर एक महिनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार नगरपालिका-५ चौरकी ३१ वर्षीया सुशीला कार्की छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आज दिउँसो १२ः४० बजे आफ्नो बोइलर कुखुराको फार्म सफा गर्ने क्रममा करेन्ट लाग्दा कार्की गम्भीर घाइते भएकी छन् ।
उनलाई उपचारका लागि तत्कालै जिल्ला अस्पताल स्याङ्जामा लगिएकोमा दिउँसो २ः४० बजे उपचारको क्रममा मृत्यु भएको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाले जानकारी दिए ।