- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
ललितपुर । ठूलो भुक्तानी संचालक फोनपेले आफ्नो प्रमुख अभियान “फोनपे डिरेक्ट: पैसा पठाऔँ ठाउँ को ठाउँ” को घोषणा गरेको छ।
यो अभियानले प्रयोगकर्ताहरूलाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्यूआर मार्फत अन्तरबैंक रकम ट्रान्सफर सेवाबारे थप प्रोत्साहन गर्ने लक्ष्य राखेको जनाएको छ।
यो अभियानले मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने र सबै प्रयोगकर्ताहरूलाई सजिलो हुने कुरा विशेष रूपमा बताएको छ।
यो अभियान २ महिनासम्म चल्नेछ । भदौ ३१ मा समाप्त हुने पनि फोनपेले जनाएको छ।
यस अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेतालाई आईफोन १५ प्रो दिने मेगा उपहार योजना छ।
यो मेगा उपहार जित्ने मौका पाउनका लागि प्रयोगकर्ताहरूले फोन पे डिरेक्टबाट पैसा पठाउदा रिमार्क्स सेक्शनमा विशेष प्रमोकोड फोनपे डिरेक्ट राख्नुपर्नेछ र अभियान अवधिमा मोबाईल बैँकिङ् एप प्रयोग गरेर फोनपे डिरेक्ट मार्फत कम्तीमा तीन पटक पैसा ट्रान्सफर गर्नु पर्नेछ।
“हामी “फोन पे डिरेक्ट: पैसा पठाऔँ ठाउँ को ठाउँ” विशेष अभियान पुनः ल्याउन पाउँदा उत्साहित छौं" फोनपेका चिफ इसट्राटेजी अफिसर सुबोध शर्माले भने,"यो अभियानले नेपाली उपभोक्ताहरूका लागि डिजिटल कारोबारलाई अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धतालाई दर्साएको छ र फोन पे डिरेक्ट लाई तुरुन्त, सुरक्षित र सुविधाजनक रकम ट्रान्सफरको लागि प्रमुख विकल्पको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। हामीलाई विश्वास छ कि प्रयोगकर्ताहरू हाम्रो सेवाका विशेषताहरूबाट खुशी हुने छन् ।"
बैंक परिसरहरुबाटै आक्टिभेसनमार्फत फोनपे डिरेक्टबाट एक बैंकबाट अर्को बैंकमा कसरी पैसा पठाउन सकिन्छ भन्ने कुराको सिकाईलाई ग्राहकहरु माझ थप उजागर गर्ने यस अभियानको मुख्य उद्देश्य रहेको पनि कम्पनीले जनाएको छ ।