arrow

आइफोन-१२ सँग चार्जर समावेश नगरेपछि एप्पललाई २० लाख डलर जरिवाना

logo
प्रकाशित २०७७ चैत ८ आइतबार
iphone-5g.jpg

काठमाडौं । आइफोन-१२ सँग चार्जर समावेश नगरेको भन्दै ब्राजिलको साओ पाउलो राज्यको उपभोक्ता सुरक्षा एजेन्सीले एप्पललाई २० लाख अमेरिका डलर जरिवाना तोकेको छ । भ्रमित विज्ञापन, अनुचित शर्त र चार्जरबीना नै फोन बेचेको उपभोक्ता संरक्षण र रक्षा फाउन्डेशन (प्रोकन एसपी)को आरोप छ ।

वातावरणीय सरोकारका कारण एप्पलको फोनसँग चार्जर र ईयरबड नआउने भन्दै एप्पलले गत अक्टोबरमा घोषणा गरेको थियो ।

आईफोन १२ र अन्य नयाँ मोडेलहरूमा यूएसबी केबल मात्रै समावेश गरेर आईफोनको निर्माणमा लाग्ने कच्चा पदार्थ कम गर्नुका साथै फोन बक्सको आकार घटाउन सक्षम हुने एप्पलले बताएको थियो ।

तर, यसले वातावरणीय असर कम नपारेको उल्टै एप्पललाई नै ढुवानी खर्च कम गर्दै फाइदा पुगेको आलोचकहरूले बताएका छन् ।

चार्जर समावेश नगरेपछि एप्पललाई आइफोन १२ मूल्य घटाउन आग्रह गरिएको तर कुनै प्रतिक्रिया नदिएको प्रोकनले बताएको छ । आइफोन अपडेटपछि प्रयोगकर्ताको मोबाइलमा आएका समस्या समेत समाधान नगरेको आरोप छ ।

सन् २०२१ को पहिलो क्वाटरमा १ सय ११ अर्बको आम्दानी गरेको एप्पलका लागि यो ठुलो समस्या पार्ने जरिवाना भने हुने छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ