arrow

गृहले जोशीलाई गर्‍यो एआईजीमा बढुवाका लागि सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
ministry-home-affairs.jpg

काठमाडौँ । नेपाल प्रहरीका जनपदतर्फका प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समितिको सोमबार  बसेको बैठकले डीआईजी जोशीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । 

बढुवाको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । 

एआईजीमा बढुवाका लागि सिफारिस एका जोशी हाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा कार्यरत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ