arrow

नेपाललाई सहयोग गर्न भारतले छुट्यायो ११ अर्ब बजेट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
nirmala-sitaraman-budget-20.jpg

काठमाडौँ । भारतले नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ । मंगलबार भारतको संघीय संसदमा आर्थिक वर्ष २०२४–२५ को बजेट सार्वजनिक गर्दै भारतीय वित्तमन्त्री निर्मला सीतारमणले यस्तो प्रस्ताव गरेकी हुन् । 

सीतारमणले संसदमा प्रस्तुत गरेको विनियोजन विधेयकमा नेपाललाई सहयोग गर्नेगरी ७ अर्ब भारतीय रुपैयाँ प्रस्ताव गरिएको छ । अघिल्लो वर्ष ६ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो । 

त्यस्तै, २०२२–२३ मा ५ अर्ब ५० करोड र २०२१–२२ मा ४ अर्ब ३४ करोड रुपैयाँ बराबरको सहयोग छुट्याएको थियो । यो रकम भारत सरकारले सरकारी वा गैर सरकारी संघ संस्थालाई दिने रकम हो । 

अहिले नेपाल सरकारले २० करोडसम्मको परियोजनामा सहयोग गर्न सरकारको स्वीकृति नचाहिने गरी भारत सरकारसँग सहमति गरेको छ । 

यो वर्ष भारतले भुटानका लागि सबैभन्दा धेरै २० अर्ब ६८ करोड,अफगानिस्तानका लागि २ अर्ब,बंगलादेशका लागि १ अर्ब २० करोड, श्रीलंकाका लागि २ अर्ब ४५ करोड, माल्दिभ्सका लागि ४ अर्ब, म्यानमारका लागि २ अर्ब ५० करोड, मंगोलियाका लागि ५ करोड र अफ्रिकी मुलुकहरुका लागि २ अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ