arrow

नेपाली चेली बेच्ने गिरोहको कब्जाबाट विमानस्थल र अध्यागमन कहिलेसम्म मुक्त हुने ? – सांसद राजभण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
sapana-rajbhandari-81-4-8.jpg

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सपना राजभण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मानव तस्करीको अखडा बन्दै गएको भन्दै यस्तो अवस्था  कहिलेसम्म हुने भन्दै प्रश्न गरेकी छिन् । 

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद राजभण्डारीले नेपाली चेली बेच्ने गिरोहको कब्जाबाट विमानस्थल र अध्यागमन कहिलेसम्म मुक्त हुने ? भन्दै थप प्रश्न गरिन् ।  

उनले दुबईमा मात्र दैनिक दैनिक २५० महिलाको तस्करी हुने र त्यहॉबाट अन्य देशमा बिक्री हुने गरेको मिडियामा आएको उल्लेख गर्दै सबै खाडी राष्ट्रको जोड्दा यो संख्या ५ सय नाघ्ने बताइन् । 

उनले दलालहरुले प्रत्येक पुरुषको २० हजार र महिलाको ४० हजारको दरले अध्यागमनका हाकिमहरुलाई रकम दिएर मानव तस्करीको लाइन खुलाएको पनि मिडियामा आएको भन्दै एयरपोर्टमा रहेका विभिन्न निकाय र विभिन्न तहका दलालको मिलेमतोमा भइरहेको तथ्य उजागार भएको बताएर यो संगठित मानव तस्करी रोक्न गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षणसमेत गराएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ