arrow

तामाङ समुदायबाट पहिलो र एक्लो मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
bahadur-sing-lama.jpg

बागमती ।  नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा(तामाङ) बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त  भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरे । 

नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा विसं २०२७ कात्तिक ८ गते जन्मिनुभएका नवनियुक्त मुख्यमन्त्री लामा बागमती प्रदेशको पाँचौँ मुख्यमन्त्री बने । स्व दीपबहादुर लामा तामाङ र स्व पूर्णिमाया लामा तामाङको सन्तान बहादुरसिंह कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको राजनीति गर्दै मूल पार्टीको राजनीतिमा होमिएका नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य हुन् ।

सामान्य परिवारमा जन्मिएका लामा गाउँकै विद्यालयबाट आधारभूत शिक्षा हासिलगरी नुवाकोटको सदरमुकाम विदुरस्थित माध्यमिक विद्यालयबाट प्रवेशिका तथा काठमाडौँको शङ्करदेव क्याम्पसबाट स्नातकसम्मको उच्च शिक्षा हासिल गरे ।

सानैदेखि अब्बल र हक्की स्वभावका लामा विसं २०४३ मा नेविसङ्घको शङ्करदेव क्याम्पस इकाइ सभापति र २०४५ सालमा नेविसङ्घको क्षेत्रीय सभापति भएका लामा त्यसपछि नेपाली कांग्रेस नुवाकोटका जिल्ला उपसभापति भए । 

निरन्तर राजनीतिमा सक्रिय रही जनतामाझ लोकप्रिय बहादुरसिंह २०५४ सालको स्थानीय निर्वाचनमा नुवाकोटको तत्कालिन मनकामना गाविसको अध्यक्षमा निर्वाचिन भएका थिए । 

गत २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नं ३ बाट पराजित उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का तत्कालीन महासचिव पोष्टबहादुर बोगटीलाई पराजित गर्दै संविधानसभा सदस्यमा निर्वाचित भए । 

गत २०७४ सालमा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य भएका बहादुरसिंह २०७९ सालको प्रदेशसभा निर्वाचनमा नुवाकोटबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भए । 

कांग्रेस संसदीय दलका नेता उनी मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री बने । 

निर्माण व्यवसायीका रुपमा समेत परिचित बहादुरसिंह तामाङ समुदायबाट पहिलो र एक्लो मुख्यमन्त्री बन्न सफल भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ