एकैदिन ११ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
1.2k
Shares
काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलामा ११ सयले बढेर तोलाको एक लाख ४७ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि मंगलबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ३ सय रहेको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १८०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।