arrow

यौन दुर्व्यवहारका आरोपी प्रस्तावित आयुक्त प्रधानको सुनुवाइ संचारकर्मीलाई बाहिर निकालेर 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
krishnaman-pradhan-election-commission.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाईका क्रममा संचारकर्मीलाई बाहिर निकालिएको छ ।

यौन दुर्व्यवहारको आरोप लागेका प्रधानको सुनुवाइ भइरहँदा संचारकर्मीलाई बाहिर निकालिएको हो । 

संसदीय सुनुवाईको इतिहासमा नै पहिलो पटक पदाधिकारीको सुनुवाईको क्रममा सञ्चारकर्मीलाई बैठकबाट बाहिर निकालिएको छ ।

प्रधानलाई गत असार २ गते संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।

योसँगै उनको संसदीय सुनुवाइ समिति अनिर्णीत बनेको छ । सुनवाइपश्चात् समितिले कुनै निर्णय लिन नसकेको हो ।

उनको सुनुवाइ यौन दुर्व्यवहारको उजुरी वरिपरि घुमेको थियो । संसदहरुले यही विषयमा प्रधानलाई र्याखर्याख्ति पारेका भए पनि उनले प्रतिरक्षा गरेका थिए । तर सांसदहरु सन्तुष्ट हुन सकेनन् ।

प्रधानले आफूमाथि लागेको आरोपबारे जिल्ला अदालतमै सम्बन्धित व्यक्तिसँग मिलापत्र भइसकेको प्रष्टीकरण दिएका थिए । अब आइन्दा यो विषय दुवैले कतै पनि नउठाउने सहमतिमा दुवैले हस्ताक्षर गरेको उनले बताए ।

उनले यति भनेपछि यो आरोपमा अदालतसम्म पुगेर मिलापत्र गरेको व्यक्तिलाई समितिले कसरी आयुक्तमा सिफारिस गर्ला ? भन्ने प्रश्न उब्जिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ