arrow

मिटरब्याजी सम्बन्धी उजुरीका चाङ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
nepal-police-logo.jpg

महोत्तरी । स्थानीय प्रशासन तथा प्रहरी कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी निवेदनका चाङ लागेका छन् । 

आर्थिक वर्ष २०८०-८१ सम्म दुई हजार पाँच सय ७३ वटा निवेदन फस्र्यौट नभएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

महोत्तरीमा यस प्रकृतिका निवेदन दुई हजार आठ सय नौवटा परेकामध्ये दुई सय ३५ वटा मात्र फस्र्यौट भएका छन् । 

अदालतमा विचाराधीन मुद्दा धेरै भएकाले निराकरणमा जटिलता भएको प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसबार बताउँछन् ।

सरकारले मिटरब्याजबाट ठगिएकालाई उजुरी गर्न आह्वान गरेपछि स्थानीय प्रशासन र प्रहरी कार्यालयमा निवेदनको चाङ लागेको उनले बताए । 

कानुनी सीमाका कारण धेरै मुद्दामा निर्णायक छलफल नै हुन नसकेको उनको कथन छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ