arrow

एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो सुन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ बिहीबार एकैदिन तोलामा २४ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २४ सय रुपैयाँले घटेर १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । 

यसैगरी तेजावी सुनको मूल्य तोलाको १ लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार छापावाल सुन १ लाख ४७ हजार ४०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४६ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।

चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले घटेर १७ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १८ सय ५ रुपैयाँ कायम रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ