arrow

रुसलाई विभाजन गर्न खोज्नेहरु विरुद्ध प्रतिशोध लिने पुटिनको वाचा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
putin-2024-05-10.jpg

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो देशको शक्तिशाली कानून प्रवर्तन एजेन्सीहरूको प्रभावकारिता र अटुट वफादारीको प्रशंसा गर्दै रुसी समाजलाई विभाजन गर्न खोज्ने विरुद्ध बदला लिने वाचा गरेका छन् ।

पुटिनले युक्रेनमा चलिरहेको आफ्नो सैन्य आक्रमणका बीच नागरिक समाज, स्वतन्त्र मिडिया र विपक्षीहरूमाथि दशकौं लामो दमनलाई बढाएको छ र क्रेमलिनप्रतिको असहमति र आलोचकलाई वर्षौं लामो जेल सजाय दिइएको छ । 

“हाम्रो समाजलाई विभाजन गर्न मानिसहरुलाई त्रसित बनाउने, धार्मिक वा राष्ट्रिय भावनाहरूसँग खेल्ने प्रयास गर्नेहरू कहिल्यै सफल हुने छैनन्”, क्रेमलिनले पोस्ट गरेको भिडियो सन्देशमा पुटिनले भने । “अपरिहार्य र न्यायपूर्ण प्रतिशोध उनीहरूको प्रतीक्षामा छ ।”

रुसले नियमित रूपमा क्रेमलिनको विरोध गर्नेहरूलाई वर्णन गर्न यस्तो भाषा प्रयोग गर्दै आएको छ ।

पुटिनले रुसको “अनुसन्धान अधिकारी दिवस” को अवसरमा आयोजित समारोहमा यस्तो अभिव्यक्ती दिएका हुन्। उनले समारोहलाई सम्बोधन गर्दै अनुसन्धान समिति र एफएसबी सुरक्षा सेवाहरूसहित विभिन्न रूसी कानून प्रवर्तन एजेन्सीहरूलाई सम्मान व्यक्त गरे । 

“अनुसन्धानकर्ताहरूले पितृभुमि र हाम्रा जनताप्रति बिना शर्त वफादारी देखाउँदै आएका छन्”, पुटिनले भने ।
 



नयाँ