arrow

किसानलाई मौरीघार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
bee-jimini-baglung-rss.jpg

पाल्पा । जिल्लाको तानसेननगरपालिकाले किसानलाई कृषियन्त्र तथा मौरी घार वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हातेट्रयाक्टर, मौरीघार र डिजिटल तराजु प्रदान गरेको हो ।

नगरपालिकाले वडा कार्यालयबाट सिफारिस भएर आएबमोजिम ४७ जनालाई हातेट्रयाक्टर, चार सय ८५ जनालाई मौरीघार तथा मौरीजन्य सामग्री र ५८ जनालाई डिजिटल तराजु प्रदान गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख सरोज तिमिल्सिनाले जानकारी दिए ।

कृषियन्त्र खरिदबापत हातेट्रयाक्टर, चापकटर र डिजिटल तराजु गरी रु ४० लाख र मौरीजन्य सामग्रीका लागि रु २० लाख वितरण गरिएको नगरपालिकाले जनाएको छ । 

उपलब्ध बजेट र किसानको मागका आधारमा नगरभित्रका विभिन्न व्यक्ति, समूह, फार्म र सहकारीलाई अनुदानमा हातेट्रयाक्टर वितरण गरिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ