arrow

हवाई दुर्घटनाबाट निधन भएका चार जनाको शव परिवारले बुझ्यो, केहीले राखे सर्त [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
saruya-airlines-post-mortem.jpg

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये चार शव परिवारले बुझेका छन् ।केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने बताएका छन् । 

बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरूको अडान छ । 

यता बुधबार भएको सौर्य एयरलायन्सको हवाई दुर्घटनाका मृतकलाई एयरलायन्सले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ । 

सौर्य एयरलाइन्स प्रालिले एक विज्ञप्ति जारी गर्दै अकल्पनीय जहाज दुर्घटनामा परी दिवंगत भएकामा हामी अत्यन्त मर्माहत र भावविह्वल भएको उल्लेख गर्दै संस्थाले सधै जीवन्त एवं चिर स्मरणीय इतिहासको रुपमा संरक्षण गर्ने विश्वास दिलाएको छ ।

अध्यक्ष दिपककमार पोखरेलद्वारा हस्तक्षरित विज्ञप्तिमा सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनियता आर्जनका लागि उनीहरुले निष्ठा पूर्वक पुर्याएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्ने सम्मको सहयोग, साथ र सदभाव सधैं रहने विश्वास दिलाएको उल्लेख गरेका छन् ।

अध्यक्ष पोखरेलले प्रतिष्ठित विज्ञहरुको क्षतिको कल्पना नै गर्न नसकिने उल्लेख गर्दै कम्पनीले मात्रै होइन, परिवार, समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमाउनु परेको भन्दै दुःख प्रकट गरेका छन् । साथै उपचाररत क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रभित्रै भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । जसमा पाइलट शाक्यमात्र सुरक्षित रहे । उनको स्वास्थ्य सुधारोन्मुख रहेको छ । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ । 


 

saurya-airlines-post-mortem (13).jpg
saurya-airlines-post-mortem (14).jpg
saurya-airlines-post-mortem (15).jpg
saurya-airlines-post-mortem (1).jpg
saurya-airlines-post-mortem (2).jpg
saurya-airlines-post-mortem (3).jpg
saurya-airlines-post-mortem (4).jpg
saurya-airlines-post-mortem (5).jpg
saurya-airlines-post-mortem (6).jpg
saurya-airlines-post-mortem (7).jpg
saurya-airlines-post-mortem (8).jpg
saurya-airlines-post-mortem (9).jpg
saurya-airlines-post-mortem (10).jpg
saurya-airlines-post-mortem (11).jpg
saurya-airlines-post-mortem (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ