arrow

माओवादी नेताहरु कांग्रेसमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १२ शनिबार
mawobadi-neta.jpg

पोखरा । पोखरा-१८ मा नेकपा (माओवादी केन्द्र) का युवा नेता दामोदर पराजुली नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शुक्रबार एक कार्यक्रमका बीच नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रदेश कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेसको सदस्यता प्रदान गर्दै पार्टीमा प्रवेश गराएका हुन् ।

गत आइतबार माओवादी केन्द्रका वडाध्यक्ष पूर्णाखर तिमिल्सिना, स्थानीय निर्वाचनमा वडाध्यक्ष पदका उम्मेद्वारसमेत रहेका पार्टीका पूर्वअध्यक्ष टिकाराम तिमिल्सिना, वाईसीएलका वडा संयोजक खेमराज तिमिल्सिनालगायत कांग्रेसमा प्रवेश गरेको कांग्रेस वडा सभापति शिव तिमिल्सिनाले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ