arrow

निर्वाचन आयुक्तमा यौन दुर्व्यवहारका आरोपी प्रधानको नाम अनुमोदन गर्ने-नगर्ने निर्णय हुँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १३ आइतबार
krishnaman-pradhan-election-commission.jpg

काठमाडौँ । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । बैठक बिहान साढे ११ बजे बस्ने छ । बैठकमा प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइ हुनेछ ।

प्रधानमाथी यौन दुर्व्यवहारको आरोप लागेको छ । समितिको बैठकमा आज निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानलाई अनुमोदन गर्ने-नगर्नेबारेमा निर्णय हुनेछ । 

उनको सुनुवाइ यौन दुर्व्यवहारको उजुरी वरिपरि घुमेको थियो । संसदहरुले यही विषयमा प्रधानलाई र्याखर्याख्ति पारेका भए पनि उनले प्रतिरक्षा गरेका थिए ।

साथै बिहान ९ बजे कानून,न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । 

बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेश र छलफल हुनेछ ।

 त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ