arrow

पहिरोले घर र गोठ बगाउँदा चारजना बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १३ आइतबार
Gorkha-hamrakura.jpg.jpeg

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी चारजना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । 

पहिरोले एउटा घर र गोठ बगाउँदा परिचय नखुलेका चारजना बेपत्ता भएका उक्त गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिए । 

पहिरोमा परी स्थानीय छमबहादुर गुरुङ र मीनबहादुर गुरुङ घाइते भएका तथा बेपत्ता भएकाको खोजी भइरहेको उपाध्यक्ष गुरुङले बताए । 

प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ