arrow

नमोबुद्धका शिक्षकको आन्दोलनमा जिल्लाका संघ संगठनको ऐक्यवद्धता 

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८१ साउन १३ आइतबार
teachers-namobuddha.jpg

काभ्रेपलाञ्चोक । शिक्षक सरुवा लगायतका विषयलाई आन्दोलित नमोबुद्धका शिक्षकहरुको आन्दोलनमा जिल्लास्थित शिक्षक संघ, संगठनले ऐक्यवद्धता जनाएका छन् । 

नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष शम्भुप्रसाद घिमिरे, नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेका अध्यक्ष रामचन्द्र थापा र एकीकृत अखिल नेपाल शिक्षक संगठन काभ्रेका अध्यक्ष चेत लामाले हस्ताक्षर गरी संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नमोबुद्ध नगरपालिकाले ‘कानूनविपरीत, पूर्वाग्रहपूर्ण तथा नियतवश र फगत आफ्नो निहीत उद्देश्य पूरा गर्न आम बालबालिकाको हितविपरीत’  गरेको सरुवाप्रति ‘घोर भत्सर्ना गरिएको छ । 

शिक्षक व्यवस्थापनको ‘तानाशाही स्वरुप’  देखाएको भन्दै शिक्षक संघ, संगठनहरुले समग्र शिक्षा प्रणालीलाई तहसनहस पार्ने कुरामा सचेत रहन र यी र यस्ता गतिविधिहरुलाई खुलेर विरोध गर्न समग्र सरोकारवालाहरुमा अपीलसमेत गरेका छन् । 

‘लोकहितविरुद्ध, कानून विरुद्ध’को कार्य रोक्न नमोबुद्ध नगरपालिकाको नेतृत्वलाई सचेत गराउँदै ‘योजनाकार कर्मचारीहरु’लाई समेत शिक्षकहरु र आम बालबालिकाहरु माथि गरिएको ‘अमानवीय र क्रुर व्यवहार’को अन्त गरी गल्ती सच्याउन ध्यानाकर्षण गराइएको छ । 

नमोबुद्धभित्र कार्यरत सम्पूर्णत शिक्षक, अभिभावकलाईसमेत यस्ता गतिविधिको विरुद्धमा डटेर लड्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ