arrow

टीआरसी विधेयक सहमति नजिक, बिहीबार कार्यदलको बैठक बसेर टुंग्याइने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
trc-commitee-.jpg

काठमाडौँ । संक्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयक सहमति नजिक पुगेको छ । सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति भएको बताएको हो ।

 बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलका सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले टीआरसी विधेयक करिव टुंग्याउने चरणमा पुगेको बताए । उनले बिहीबारसम्म अहिलेसम्म गरेका र सम्बन्धित निकायहरुसँग भएका छलफलको समीक्षा गर्ने र प्रतिवेदन तयार पार्ने बताए । 

उनले सबैले सत्ता पक्ष र प्रतिपक्षको नभइकन सिंगो देश र शान्तिको प्रक्रियालाई निस्कर्षमा पुर्‍याउने विषयसँग जोडेर जिम्मेबारीबोधका साथ संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंगोमा पुर्‍याउनुपर्ने बताए । अब लामो समयसम्म पीडितलाई थप पीडामा जोडिरहने अवस्थाको अन्त्य हुने बताए । उनले कानूनलाई अब चाँडो भन्दा चाँडो टुंग्याइ यही ऐनअनुसार आयोग बनाएर पीडितलाई न्याय दिने र पीडकलाई सजायको दायरामा ल्याउने गरी अघि बढेको बताए । 

उनले भने, ‘अब हामी टीआरसी विधेयक करिव करिव अब टुंग्याउने चरणमा हामी पुग्यौँ । हामीले बैठक टुंग्याएका छैनौँ । अब दुई दिन अहिलेसम्मको सबै छलफलहरुलाई नियालेर प्रतिवेदन ल्याउँछौँ । पहिलाको मुल ऐन, संशोधन विधेयक, संसदीय समितिको उपसमितिहरुमा वा समितिमा भएका छलफल र हाम्रो संयन्त्रमा छलफल भइ डेभलप भएका विषयहरु र सहमतिको वरपर पुगेका विषयहरुलाई पनि कम्पाइल गरेर एकीकृत ढगले ल्याउने कुरा भएको छ । बिहीबार ८ बजे बैठक बसेर त्यो फाइनल डकुमेण्ट हेरेपछि त्यसको आधारमा फिनिसिङ गर्छौं । ’

कार्यदलको बैठक बिहीबार बिहान ८ बजे पुनः बस्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ