arrow

स्कुल बस दुर्घटनामा आमा-छोराको मृत्यु, विद्यार्थी र चालकसहित २७ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
school-bus-accident-pokhara.jpg

पोखरा । पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा-२१ का ४ वर्षीय प्रिन्स विक हुन् । उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सोही दुर्घटनामा बसकी सहयोगी ३३ वर्षीया आरती विकको घटनास्थलमै मृत्यु भएको थियो । मृतक आरती र प्रिन्स आमा-छोरा रहेको बताइएको छ ।

आज बिहान ८ः३० बजे ग१क ६२१९ नम्बरको बस पोखरा २१ रामदीबाट बिरौटास्थित विद्यालयमा फर्कने क्रममा फुर्सेखोला नजिकै माथिल्लो सडकबाट पल्टिएर तल्लो सडकमा बजारिएर दुर्घटना भएको हो ।

दुर्घटनामा २७ जना विद्यार्थी र चालक घाइते भएका छन् । घाइते हुने चालकमा पोखरा-१७ का ५८ वर्षीय टेकबहादुर भुजेल रहेका छन् ।

घाइते विद्यार्थीमा पोखरा-२१ की ८ वर्षीया अनन्या पौडेल, ३ वर्षीया सिम्रन मगर, ३ वर्षीया न्यूजन मगर, ७ वर्षीय रिजन मगर, १२ वर्षीय रामकृष्ण नेपाली, २ वर्षीय अंकित खत्री, १४ वर्षीया सीतादेवी विक, ७ वर्षीया अमिना सुनार, ११ वर्षीय निश्चल विक, २० वर्षीय निर्दोष विक छन् । उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, ९ वर्षीय दिवस कार्की, ९ वर्षीय अनमील विक, ५ वर्षीय रोशनराज बराल, पोखरा १७ का १३ वर्षीया चिना गुरुङ, ६ वर्षीय युजन गुरुङ, पोखरा-२१ का ९ वर्षीय प्रवेश कामी, १४ वर्षकी प्रकृति कामी, पोखरा-१७ की सिजा विक, पोखरा-२१ की १२ वर्षीया सिम्रन विक, ११ वर्षीय विश्वास पौडेल, १२ वर्षकी विशिका पौडेल, १६ वर्षीय प्रिन्स राना, ११ वर्षीय विवश खत्री र ३२ वर्षीय सपना आले छन् । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ