arrow

पाइपबाट पेट्रोल

दशैअघि नै पाइपलाइनबाट पेट्रोल आयात, भर्टिकल ट्याङ्क निर्माण १५ प्रतिशत बाँकी

उद्योगमन्त्री भण्डारीद्वारा निर्माणाधीन डिपोको स्थलगत अवलोकन, काम छिटो सक्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
petroleum-damodar-bhandari-.jpg

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमको अमलेखगञ्ज डिपोको निरीक्षण गरेका छन् । सोमबार उक्त डिपोमा पुगेर मन्त्री भण्डारीले स्थलगत अवलोकन गरेका हुन् । 

नेपालकै सबैभन्दा ठूलो डिपोको रुपमा रहेको अमलेखगञ्जमा अहिले पेट्रोल भण्डारणका लागि चार हजार एक सय किलोलिटर क्षमताका दुईवटा भर्टिकल ट्यांक निर्माण हुँदैछन् ।  

साथै डिजेल र पेट्रोलको गुणस्तर परीक्षण गर्न प्रयोगशाला र आधुनकि प्रवधिसिहति ट्याङ्कर लोड र अनलोड गर्न २४ वटा लोडङि फलिङ्गिसेटसमेत निर्माण हुँदैछन् । उक्त ट्याङ्कलाई पाइपलाइनबाटै पेट्रोल आयात गर्ने प्रमुख पूर्वाधारको रुपमा हेरिएको छ ।  

निरीक्षणको क्रममा मन्त्री भण्डारीले निगमको निर्माणधिन पेट्रोलको भर्टिकल ट्याङ्क निर्माणको कार्यप्रगति र समग्र आयातको अवस्थाबारे जानकारी लिएको निगमको मधेस प्रादेशिक कार्यालयका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए । 

 

अहिले भारतको बरौनीबाट ट्याङ्करमार्फत नै पेट्रोलियम पदार्थको आयात हुँदै आएको छ । यो ट्याङ्क निर्माण सम्पन्न भएपछि पाइपलाइनमार्फत पेट्रोल तथा मट्टितेल आउँदा यसले निगमको लागत मात्रै सवा अर्बदेखि डेढ अर्बले बचत हुने अवस्था रहेको उपाध्यायको भनाइ छ । 

निरीक्षणका क्रममा मन्त्री भण्डारीसँगै उद्योग मन्त्रालयका अधिकारीहरु तथा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनका अधिकारीहरुकोसमेत सहभागिता रहेको थियो । निरीक्षणपछि उक्त ट्याङ्क नेपालको पेट्रोलियम पदार्थको आपूर्तिका लागि महत्वपूर्ण भएको भन्दै छिटोभन्दा छिटो काम सक्न निर्देशन दिएको प्रादेशिक प्रमुख उपाध्यायको भनाइ छ । 

अहिले देशभर आयात हुने डिजेलमध्ये ७० प्रतिशत डिजेल यही डिपोमार्फत आयात हुँदै आएको छ । बाँकी ३० प्रतिशत आयात भने झापाको चारआली, बाँकेको नेपालगञ्ज, कैलालीको धनगढीबाट आयात हुँदै आएको छ ।

पाइपलाइन निर्माण सम्पन्न भएपछि ८० प्रतिशत भन्दा धेरै पेट्रोलसमेत सोही डिपोमार्फत आयात हुने अवस्था रहेको उपाध्यायको भनाइ छ । उक्त भर्टिकल ट्याङमध्ये एउटा भारतीय आयल निगमको अनुदान तथा अर्को नेपाल आयल निगमको लागतमा निर्माण भएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ