- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । शेयर बजारमा एकैदिन १०० अंकसम्मको उचारचढाव देखिएको छ । साताको तेस्रो दिन शेयर बजार परिसूचकमा यस्तो अवस्था देखिएको हो ।
मंगलबार दिनभरि भएको कारोबारमा शेयर बजार सबैभन्दा तल २६०९ अंकसम्म झरेको थियो भने सबैभन्दा माथि २७०९ विन्दुसम्म पुगेको थियो ।
बिहान २६६९ बाट शुरु भएको कारोबार उतारचढावबीच १२ः४० सम्म पुग्दा झण्डै ४३ अंकले घटेको थियो । त्यसपछि सुधार हुन थालेको बजार कारोबार बन्द हुनुभन्दा २० मिनेट अघिसम्म २७०९ को विन्दु छोएको थियो ।
तर अन्तिम समयमा भने बजार घट्यो र २७०० अंक पुगिसकेको बजार फेरि २६९६ अंकमा पुगेर रोकिएको छ । २७०० को मनोवैज्ञानिक रेखा तोड्न बजारलाई गाह्रो परेको देखिन्छ ।
उतारचढावबीच आज पनि बजारमा १७ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भयो । बजारमा आज १८९ वटा कम्पनीको मूल्य बढ्दा ४७ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
आज बजारमा ८ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, साञ्जेन हाइड्रोपावर, नेपाल वायरहाउस कम्पनी, सीईडीबी हाइड्रो, नेपाल फाइनान्स, मध्य भोटेकोशी हाइड्रो र हाथवे फाइनान्सको शेयरमा सकारात्मक सकिएट लागेको हो ।
आज बजारमा १३ थपसूचकमध्ये बैंकिङ, म्युचुअल फण्ड, ननलाइफ इन्स्योरेन्स र ट्रेडिङ क्षेत्र नकारात्मक रहे । होटल र फाइनान्स उपसूचकक झण्डै ६ प्रतिशतको वृद्धि देखियो ।