arrow

तोलामा १८ सयले बढ्यो सुनको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १६ बुधबार
gold-silver-final-2080.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलाको १८ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार रहेको थियो ।  त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदी बुधबार प्रतितोला ४० रुपैयाँले बढेर तोलाको १७८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



नयाँ