arrow

शान्ति सुरक्षाको लागि 'क्विक रेस्पोन्स' छैन - सांसद थानी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
thani.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले देशमा चार वटा सुरक्षा निकाय हुँदा पनि जनताले सुरक्षित महसुस गर्न नसकेको बताएका छन् ।  बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले  सुरक्षाको अनुभूति आम नागरिकले गर्न नपाएको बताए । 

उनले मुलुकको विद्यमान अवस्था नाजुक रहेको बताए । उनले शान्ति सुरक्षाको लागि क्विक रेस्पोन्स नरहेको पनि जिकिर गरे । उनले शान्ति सुरक्षा दिन नसके विकास निर्माणको गति पनि अघि बढ्न नसक्ने बताए । 

उनले भने, ‘देशमा चार वटा सुरक्षा निकाय छन् । चार चार वटा सुरक्षा निकाय हुँदा जनताले सुरक्षाको अनुभूति गर्न पाउने की नपाउने ? म गृहमन्त्रीज्यूका अगाडि भन्छु, आइजीपी सावहरुका अगाडि भन्छु । सुरक्षाको अनुभूति आम नागरिकले गर्न पाएका छैनन् । आइजिपी सावहरु दुवै जना यहीँ हुनुहुन्छ । मुलुकको विद्यमान अवस्था यो छ । कोही त बोल्नुपर्ने हो नि त । किन नबोल्ने ? मै सांसद हुँ । हिँड्छु । शान्ति सुरक्षाको लागि क्विक रेस्पोन्स छैन । शान्ति सुरक्षा अहिले दिन सकिएन भने विकास निर्माणको गति पनि अघि बढ्न सक्दैन ।’ 

सांसद थानीले सुरक्षा निकायलाई आवश्यक पर्ने हतियार र सामग्रीहरूको व्यवस्थापन राज्यले चाँडो भन्दा चाँडो गर्नुपर्ने बताए । सरकारले नसक्ने हो भने आफ्नो क्षेत्रको बजेट काटेर सुरक्षा निकायलाई हतियार किन्ने व्यवस्था मिलाइदिन आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ