arrow

संक्रणकालीन न्याय सम्बन्धी विधेयक टुङ्गो लगाउन गठित कार्यदलको बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
trc-commitee-.jpg

काठमाडौँ ।  संक्रणकालीन न्याय सम्बन्धी विधेयक टुङ्गो लगाउन गठित कार्यदलको बैठक जारी  छ । बिहीबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बैठक शुरु भएको हो । 

बैठकमा टुङ्गो लाग्न बाँकी विषयमा छलफल गर्ने बताइएको छ । आजको बैठकलाई निर्णायक बैठकका रूपमा लिइएको छ । बैठकमा आज विगतका बैठकमा गरिएका छलफल र सुझावलाई समेटेर प्रतिवेदन तयार गर्ने बताइएको छ । 

प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाएपछि विधेयक टुङ्ग्याइने कार्यदलको भनाइ छ । कार्यदलका सदस्य एवं गृहमन्त्री रमेश लेखक, कार्यदलका सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, कार्यदलका सदस्य एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा, कानूनमन्त्री अजयकुमार चौरसिया, कानून, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदी लगायतको उपस्थिति रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ