एकैदिन तोलामा १६ सयले बढेर सुन पुग्यो एक लाख ४९ हजार चार सय
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
1.3k
Shares
काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बिहीबार सुन तोलाको १६ सयले बढेर एक लाख ४९ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बुधबार सुनको मूल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ४८ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २० रुपियाँले बढेर तोलाको १८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।