arrow

कास्कीकी प्रभा र बागलुङकी मञ्जु एमालेको केन्द्रीय सदस्यमा मनोनित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
prabha-manju.jpg

पोखरा । कास्कीकी प्रभा बराल र बागलुङकी मञ्जु शर्मा चालिसे नेकपा एमालेको केन्द्रीय समिति सदस्यमा नियुक्त भएका छन् ।

पार्टीको बिहीबार बसेको सचिवालय बैठकले प्रभा र मञ्जुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

बराल राप्ती नगरपालिकाकी पूर्व मेयर हुन् भने चालिसे केही वर्ष अघि कांग्रेसबाट एमाले प्रवेश गरेकी थिइन् । चालिसे बागलुङ गलकोट नगरपालिकाको मेयर पदकी स्वतन्त्र उम्मेद्वार बनेकी थिइन् ।

यस्तै लमजुङका मायानाथ अधिकारी अनुशासन आयोगको सदस्य मनोनित भएका छन् ।

यता कास्कीकी सिर्जना शर्मा गण्डकीबाट प्रतिनिधित्व गर्दै सल्लाहकार परिषद् सदस्यमा मनोनित भएकी छन् ।

सोही पदमा तनहुँका पिएल श्रेष्ठ, नवलपुरका डा. गोपाल खनाल, स्याङ्जाका नारायण मरासिनी, बागलुङ जनक पौडेल र पर्वतका मेघनाथ सुवेदी मनोनित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ