arrow

एमाले उपाध्यक्ष बने गुरु बराल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
shankar-pokharel-81-4-17.jpg
तस्बिर – बैठकका निर्णयबारे जानकारी दिँदै एमाले महासचिव शंकर पोखरेल ।

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्षमा गुरु बराललाई मनोनित गरेको छ । काठमाडौँमा बिहीबार बसेको बैठकले स्थायी कमिटी सदस्य बराललाई रिक्त रहेको उपाध्यक्ष पदमा मनोनित गरिएको पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले मुकुन्द न्यौपाने र मधेस प्रदेशका लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनित गरेको छ । त्यस्तै एमालेले केन्द्रीय सदस्यमा १७ जनालाई मनोनित गरेको छ । 

बैठकले मुख्य सचेतक महेश बर्तौलासहित विभिन्न जिल्लाका १७ जनालाई मनोनित गरेको छ । जसमा सिन्धुपाल्चोकका सुवास कर्माचार्य, रौतहटका कुन्दन कुश्वाहा, सप्तरीका जितेन्द्र देव र सिरहाका रामप्रित, चितवनका कृष्णभक्त पोखरेल, अछामका कमल तिमिल्सिना, मकवानपुरका महेश बर्तौला, महिलाबाट सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जबेगुलगायत रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ