arrow

खोलामा डुबेर युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २० आइतबार
kailali-district.png

कैलाली । धनगढीमा खोलामा डुबेर शनिबार एक जना युवकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका-८ का २६ वर्षीय स्थानीय पङ्कज लाभको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।

प्रहरी निरीक्षक कार्कीका अनुसार मृतक लाभ धनगढी-१ वसन्तटोल र वडा नं ८ धनगढीगाउँको बीचबाट बग्ने नवदुर्गा खोलामा हामफाली बेपत्ता भएको र खोजतलासका क्रममा दुई सय मिटर टाढा मृतावस्थामा फेला परेका थिए ।

निजको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ