arrow

आम्दानी दुई रुपैयाँ, एकै हप्ता ३४ प्रतिशत नाफा, यस्तो छ सातामै धेरै कमाउने कम्पनी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २० आइतबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । शेयर बजार के कारणले बढ्छ ? बजारका लगानीकर्ताले सामान्य रुपमा भन्ने उत्तर हुन्छ, कम्पनीको अवस्था । अर्थात् कुनै पनि कम्पनीको पफर्मेन्स जति राम्रो हुन्छ, उति नै शेयर मूल्य बढ्छ । 

तर बजारमा एउटा यस्तो कम्पनी छ, जसको २० करोड भन्दा बढीको सञ्चित नोक्सानी छ । २ रुपैयाँ बराबर प्रतिशेयर आम्दानी छ र २ हजार रुपैयाँ भन्दा धेरै मूल्य छ । तर त्यही फाइनान्समा लगानी गर्नेको मूल्य एकै हप्ता ३४ प्रतिशतसम्म बढेको छ ।

यो कम्पनी हो नेपाल फाइनान्स । उक्त कम्पनी अघिल्लो साता शेयर बजारकै सबैभन्दा धेरै कमाउने कम्पनी बन्यो । अघिल्लो साता १३८९ रुपैयाँमा अन्तिम कारोबार भएको उक्त कम्पनीको मूल्य गत बिहीबार २१५४ रुपैयाँ पुगेको हो । 

सो कम्पनीको वित्तीय विवरण आइतबार प्रकाशित भएको छ । उक्त प्रतिवेदन अनुसार ७३ करोड रुपैयाँ चुक्ता पुँजी भएको उक्त कम्पनीले १ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ । यो प्रतिशेयर २.४८ रुपैयाँ हो । 

उक्त कम्पनीको वितरणयोग्य नाफा २० करोडले नोक्सानमा छ । नाफा यही अवस्था रहने हो भने उक्त फाइनान्सले अबको १२÷१३ वर्षसम्म कुनै लाभांश दिन सक्ने देखिँदैन । अघिल्लो वर्ष उक्त फाइनान्सले १ अर्ब ३१ करोड नाफा कमाएको थियो । यही वृद्धि कायम राख्ने हो भने पनि अझै कम्पनीले ५–७ वर्ष लाभांश दिन सक्दैन । 

उक्त कम्पनीको निष्क्रिय कर्जा अनुपात ९.११ प्रतिशत, कस्ट अफ फण्ड ८.०३ प्रतिशत र आधारदर १२.४४ प्रतिशत छ । यो भनेको वित्तीय क्षेत्रकै सबैभन्दा धेरैमध्येको एक हो, जुन धेरै हुनु राम्रो मानिँदैन । तर कुनै पनि रुपमा राम्रो नभएको उक्त कम्पनीको शेयर भने एक हप्तामा झण्डै ७६५ रुपैयाँले बढेको छ । 

गत साता बजारमा प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले २४.४६ प्रतिशत, हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले २४.०१ प्रतिशत, सीईडीबी हाइड्रोपावरका लगानीकर्ताले २३.२३ प्रतिशत, श्री इन्भेष्टमेन्टका लगानीकर्ताले २१.७२ प्रतिशत र एचआईडीसीएलका लगानीकर्ताले २०.९४ प्रतिशत नाफा कमाएका छन् ।

यो साता गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै १८.९९ प्रतिशतले नोक्सानी व्यहोरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ