arrow
ADVERTISEMENT

प्रधानमन्त्री र मन्त्रीहरूले बोली होइन, कर्मलाई पहिलो प्राथमिकता दिनुपर्छ [भिडियो]

नागरिकसँगको अपेक्षालाई सम्बोधन गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्छ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २० आइतबार
bishwaprakash-sharma-04-20.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री र मन्त्रीहरूले कर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित  प्रशिक्षण कार्यक्रममा बोल्दै उनले  प्रधानमन्त्री र मन्त्रीहरूले भाषणलाई दोस्रो र पहिलो प्राथमिकता कर्मलाई दिनुपर्ने बताए । 

उनले इतिहासमा बोली नभई कर्म बिक्ने बताए । उनले नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको बोली अस्पष्ट भए पनि उनको नेतृत्वमा बनेको संविधान सबै नेपालीले बुझेको जिकिर गरे । 

उनले अहिलेको सरकारसँग नागरिकलाई धेरै अपेक्षा रहेको भन्दै नागरिकका अपेक्षालाई सम्बोधन गर्न आग्रह गरे । उनले प्रदेशलाई अधिकार दिने विधेयक संसदमा ल्याएर पारित गर्नुपर्ने बताए । 

उनले भने, ‘तपाईँहरूको निर्णयमा सरकारलाई ध्यानाकर्षण गराउने निर्णय पनि आओस् । अहिले मैले यहाँ उभिएर भन्दै गर्दा प्रधानमन्त्री र मन्त्रीज्युहरुलाई मिडियाका साथीहरू पनि यहाँ हुनुहुन्छ । इतिहासमा बोली होइन कर्म बिक्छ । सुशील कोइरालाले राम्रोसँग बोल्न सक्नुभएन । जिब्रोको क्यान्सरको अप्रेसनको कारण बोली राम्रो बुझिएन । तर सुशील कोइरालाको बोली राम्रो नबुझिएर के भयो । सुशील कोइरालाको नेतृत्वमा लेखिएको संविधान त देशले बुझ्यो नि । त्यसैले अहिलेको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले, अहिलेको मन्त्रीपरिषद्का मन्त्रीहरूले बोल्ने कुरालाई दोस्रो प्राथमिकता र कर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । उहाँहरूले गरेको कर्मले बोल्नुपर्छ । नागरिकलाई यो सरकारसँग धेरै अपेक्षा छ । नागरिकसँगको अपेक्षालाई सम्बोधन गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्छ । सरकारले ती विषयलाई सम्मान गर्नुपर्छ । कहिले दिने हो हामीले प्रदेशलाई अधिकार दिने विधेयक संसदमा ल्याएर त्यसलाई अघि बढाउनु पर्छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ