arrow

कम्युनिष्ट नेता भण्डारीको ९१ वर्षको उमेरमा निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २१ सोमबार
tulasi-pd-bhandari.jpg

पोखरा । कास्कीका पुराना कम्युनिष्ट नेता तुलसीप्रसाद भण्डारीको निधन भएको छ । निमोनियाबाट ग्रसित भण्डारीको ९१ वर्षको उमेरमा आइतबार साँझ पोखरा-२८ कालिका सिद्धिपुरस्थित आफ्नै निवासमा निधन भएको हो ।

भण्डारी साविक कालिका गाविस वडा नं. ३ को पूर्ववडाध्यक्ष हुन् ।

२०१५ सालदेखि कम्युनिष्ट पार्टीमा लागेर राजनीतिमा होमिएका भण्डारी २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

स्व. भण्डारीको आज बिहान सेती नदीस्थित रामघाटमा अन्त्येष्टि गरिएको छ ।

उनको पार्थिव शरीरमा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णा थापा, राजीव पहारी र जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ