arrow

सरकारले भूमि,नापी,गुठी र सहकारीको एकीकृत ऐन ल्याउने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
Bhumi-sahakari-garibi nibaran mantralaya.jpg

काठमाडौँ । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकार भूमि,नापी,गुठी र सहकारीको एकीकृत ऐन ल्याउने तयारीमा रहेको बताएका छन् । मन्त्री अधिकारीले भूमि मन्त्रालय अन्तर्गत गर्ने सहकारी,भूमि र गुठी सम्बन्धी ऐनलाई परिमार्जन गर्ने तयारीमा सरकार रहेको बताए । उनले सरकारले यी ऐन संशोधनको लागि ड्राफ्टको काम भइरहेको उल्लेख गरे ।

 मन्त्री अधिकारीले नापी र मालपोत एकीकृत गर्ने धारणा आए पनि अहिले गर्न सक्ने अवस्था नभएको बताए । उनले भूमि,नापी सम्बन्धी मात्रै पनि चार वटा भन्दा बढी कानूनहरु रहेको भन्दै यी कानूनहरुलाई एकीकृत ऐन ल्याउन आवश्यक रहेको बताए । उनले गुठीमा ऐनमा अझ बढी विविधता रहेको भन्दै प्रत्येक गुठीको फरक–फरक नियम रहेकाले गुठीको एकीकृत ऐन बनाउने र उक्त ऐन अन्तर्गत रहेर कार्यविधि र नियमावलीमा सम्बन्धित गुठीको कार्यविधि बनाउने तयारी सरकारको रहेको बताए । 

उनले भूमि,नापी,गुठी र सहकारीको मूल ऐनले नियन्त्रण गरी कार्यविधि र नियमावलीले कार्यान्वयन गर्न सक्ने गरी कानून बनाउने प्रतिबद्धता जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ